• होमपेज
  • समाचार
  • राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

  • बिहिबार, फाल्गुन २२, २०८१
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

चर्चामा

सम्बन्धित समाचार