बाजुरा– बाजुराकाे गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोटका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् ।
घर नजिकैको पानीखाल रुखमा रहेका घाँसका लहरा तान्ने क्रममा खसेर भिरबाट लडेर बुधबार मृत्यु भएको पारिवारिक श्राेतले जनाएकाे छ । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताएका छन् ।