• होमपेज
  • समाज
  • रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

  • शनिबार, फाल्गुन १७, २०८१
रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

बुटवल— रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएकाे छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।

घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको कार्कीले बताए । उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले खोजी भइरहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार