• होमपेज
  • समाचार
  • हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत

हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत

  • मङ्लबार, फाल्गुन १३, २०८१
हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत

काठमाडौं – नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।

संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कान्नलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेका हुन् ।

मन्त्री पाण्डेले बैठकमा दुई वटा विधेयक प्रस्तुत गर्दै भने, ‘नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन र सेवालाई भरपर्दो बनाउनका लागि वाञ्छनीय भएकाले आधुनिक सुविधायुक्त विमानस्थल बनाउन र हवाई सेवालाई मर्यादित बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ प्रस्तुत गर्दछु ।’

गत पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले दुवै विधेयकलाई संसदमा पेस गर्ने निर्णय निर्णय गरेको थियो । नेपालमा पछिल्लो डेढ दशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने बहस सुरु भए पनि काम सम्पन्न हुन सकेको थिएन ।

चर्चामा

सम्बन्धित समाचार