• होमपेज
  • बाजुरा बिशेष
  • केपी ओली कप तेस्रो संस्करणको अवसरमा युवास‌घद्धारा मैत्रीपुण खेल हुँदै

केपी ओली कप तेस्रो संस्करणको अवसरमा युवास‌घद्धारा मैत्रीपुण खेल हुँदै

  • शुक्रबार, फाल्गुन ९, २०८१
केपी ओली कप तेस्रो संस्करणको अवसरमा युवास‌घद्धारा मैत्रीपुण खेल हुँदै

बाजुरा– राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको प्रचार प्रसारमा युवा संघ बाजुरा जुटेको छ । युवा संघ बाजुराले प्रचार प्रसार बढी होस भन्ने उदेस्यका साथ (भोली) शनिबार युवा संघ र अनेरास्वबियु बिच मैत्रीपुण फुटवलको आयोजना समेत हुने भएको छ ।

आयोजक युवा संघले  दिएको जानकारी अनुसार खेल मैत्रीपूर्ण खेल भोलि १० गते दिउसो ३ बजे मार्तडीको क्रिएटर जोन एकेडेमीको मैदानमा आयोजना गरिने भएको छ ।

कुरा गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने र बाजुराबाट समेत सक्रिय सहभागीताका लागि शनिबार युवासंघ र अनेरास्ववियु बिच मैत्रीपुण खेल हुने राष्ट्रिय युवा नेपाल जिल्ला कमिटी प्रचार प्रसार बिभाग प्रमुख करन भण्डारीले जानकारी दिएका छन । केपी ओली कपमा विश्वकै ख्याती प्राप्त खेलाडीलाई ल्याएर ईन्डोर्समेन्ट गर्ने युवा संघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार