सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि विज्ञापन खुल्यो

टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि विज्ञापन खुल्यो

  • शुक्रबार, फाल्गुन ९, २०८१
टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि विज्ञापन खुल्यो

नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो ।

आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ । योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।

हेर्नुहोस् सूचना-

चर्चामा

सम्बन्धित समाचार