• होमपेज
  • समाज
  • धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ

धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ

  • बिहिबार, फाल्गुन ८, २०८१
धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ

धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा खेतबारीको टहरा भित्र जुवातास भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अबनिश सिंहसहित चार जना जुवाडे पक्राउ परेका हुन्। उनीलाई नगद १९ हजार ३२५, २ गड्डी तास र मोटरसाईकल २ थानसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ।

चर्चामा

सम्बन्धित समाचार