कर्णालीको सभ्यता, अर्थतन्त्र र इतिहास जोडिएको छ । इतिहासका रेसमी मार्गका रुपमा परिचित कर्णाली करिडोर बंगाल र भोटको व्यापार जोड्ने ठूलो आर्थिक करिडोर हो । तिब्बती पठारमा पर्ने कैलाश पर्वतको फेदीमा रहेको मानसरोवरबाट सुरु हुने यो नदी गंगामा गएर मिसिन्छ । तीन वटा देश भएर बग्ने कर्णाली नदीका नाम पनि देशअनुसार फरक छन् । भारतमा घाघरा र चीनमा कङजिआओ नामले पुकारिने हिन्दु धर्मावलम्बीका दुई महत्वपूर्ण तिर्थस्थल कैलाश र गंगालाई जोड्ने यो नदीको धार्मिक महत्व बढी छ । यो नदी नेपालकै लामो र ठूलो नदी हो ।
उत्पति —चिनको सोसासित क्षेत्र तिब्बतीको समुन्द्र सतहबाट ३९६२ मिटर उचाइमा रहेको “माप्चोचोङगो” नामको हिमनदीबाट निस्केर मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक तालसँगै रहेको मयुरको मुखबाट कर्णाली नदीको उत्पती भएको देखिन्छ । त्यसपछि नेपालमा प्रवेश गरेपछि मुगु जिल्लामा यो करन धखोला अथवा मुगु कर्णाीसँग मिसिन्छ । त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको हो । ३९६२ मिटर १२९९९ फिट उचाईबाट उत्पती भएको देखिन्छ । कुल लम्वाई १०८० किलोमिटर (६७० माइल) लामो छ । जलाधार क्षेत्र १२७९५० किलोमिटर (४९४०० वर्ग माइल) लामो छ । कुल नदीको निकासा ४८३०० धनफिट सेक नेपालमा मात्र छ । कुल १०६००० घनफिट सेक छ ।
यसका सहायक नदीहरुमा हुम्ला कर्णाली, मुगुकर्णाली, जुम्ला कर्णाली, ठुलीभेरी, सानीभेरी,सेती र बुढीगण्डकी हुन भने अन्य सहायक खोलानालाहरु सयों, हजारौं छन् । नेपालमा कुल लम्वाइ ५०६ किमी र जलप्रभावित क्षेत्र ४९००० वर्ग किमी छ ।
विश्वमै दुर्लभ र स्वादिस्ट असला माछा कर्णालीमा मात्र पाइन्छ । अन्य सट्टा माछा, रोटे माछा, वाम माछा, खेतीआदी माछाको वासस्थान हो । नेपालकै लामो विश्वकै दोस्रो एक खम्वे पुल कर्णाली नदीको चिसापानीमा बनेको पुल मानिएको छ । यो ५०० मिटर लामो छ ।
पौराणिक
प्रहामापुत्र, सिन्धु, सतलज तथा कर्णाली नदीको महान मानसरोवर नै हो । पौराणिक कथन अनुसार शिव बाहेक बह्रमा देवगण, मारुनी, रावण कङसाकुर, भस्मासुर आदिले मानसरोवरमा तपस्या गरेका थिए । यस व्यास, भिम, कृष्ण आदिले यात्रा गरेका थिए । सुमेरु, सुसुम्ना, देवादी, देवगण आदि पर्वतले सुसुजित मानसरोवर पर्वत प्राकृतिक हंसको भण्डार हो । यो पर्वत हिन्दु, बोद्ध, जैन, शिख आदि धर्मावलम्वीहरुको सगोल तपोभूमि पनि हो ।
कैलाश पर्वत शिव पार्वतीको बासस्थान हो । विश्वभरीका हिन्दु धर्मालम्बीहरु सबैभन्दा छोटो र सरल बाटो कर्णाली किनारै किनारा(पौराणिक शिल्क रोड) आदिले कर्णाली करिडोर ५८३ किलिमिटर जमुनिया भारत सिमादेखि हिल्सा चिन सिमानासम्म अयोध्या, बानारसी, बिन्द्रावन, गंगा, जमूना, सरस्वतीमा आउने धार्मिक पर्यटकलाई कैलाश मानसरोवर पुर्याउने गन्तव्यको विकास गर्न सकिएमा यो कर्णाली र सुदूरपश्चिमको नै कायापलट हुने्छ ।
आज भारतको उत्तराखण्डको पर्यागराजमा १४४ बर्षपछिको सबैभन्दा ठूलो महाकुम्भ मेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले स्नान गरेर सुरुवात गरिसकेपछि आजका दिनसम्म ४५ करोड हिन्दु धर्मावलम्बीहरुले पर्यागराज पुगि स्नान गरिसकेका छन् । यो बर्षको शिभरात्रीसम्म महाकुम्भ स्नान गर्नेको संख्या ५५ करोड भन्दा बढी पुग्ने अनुमान छ । दैनिक एक करोड देखि तीन करोडसम्म हिन्दु धर्मालम्बीहरु पर्यागराज पुगेर स्नान गरेको रेकर्ड कायम भएको छ ।
सनातन हिन्दु धर्मप्रति आस्था र विश्वास गर्ने भक्तजनहरुलाई गंगा र मानसरोवरलाई जोडने कर्णाली नदिको महत्व र यस कर्णाली नदि वरपर रहेका विशिष्ट धार्मिक तीर्थस्थलहरु परिचित गराउन सके यो देशको र कर्णालीको परिचय विकास सम्भव देखिन्छ । यसै बर्ष नेपालकै अलौकिक तीर्थस्थल बडीमालिका मन्दीरमा नेपालका महामहि राष्ट्रिपति रामचन्द्र पौडेल र चर्चित पूर्वमन्त्रीहरु गगनकुमार थापा, बद्री पाण्डे, प्रदिप ज्ञवालीले तीर्थाटन गर्दा बडीमालिकाको महिमा बढेर गएको छ ।
त्यसरी नै कर्णाली करिडोरमा भएका छायानाथ, त्रिपुरासुन्दरी, खेस्मदेवी, बुढीनन्दा, कैलाश, चन्दनाथ, शिम्भुनाथ, दारेमष्टो लगायत मष्टो देवभूमि, पिलुपादुका, देउरा, कनकासुन्दरी, मुक्तीनाथ लगायत विभिन्न धार्मिक स्थलहरुको पहिचान र प्रचारप्रसार गर्न सक्यौ भने यो क्षेत्रमा धार्मिक पर्यटकहरुको चहलपहल बढ्न सक्छ ।
यो बिशाल खस सामराज्यको प्रभाव एरीयाका हामी खस जातिको पहिचान पनि कर्णाली नदि वरपरको गरीमा हो । हाम्रा पुर्खाहरुले कैलाश मानसरोवरदेखि गंगा नदिको किनारसम्म गण्डकदेखि कस्मिरसम्मको विशाल भूभागको धार्मिक धरोहर कैलाश मानसरोवर गंगा नदी हो । यस नदीले हामीलाई र्धम संस्कृति, रीतिरीवाज, कुलदेवता मष्टो पूजन र देविपूजन, नेपाली भाषा संस्कृतिको जन्म गरायो ।
कालान्तरमा नेपाल देश जन्माएर हामी नेपाली अटल छौ । त्यसरी नै कर्णाली सभ्यता मानव जातिको विकाससँगै धार्मिक पर्यटकको विकास गर्न यो पालिको महाशिवरात्री विशेष शिवरात्री मनाउन पिलुपादुका र देउरालाई महत्वपूर्ण धार्मिक स्थलको रुपमा विकास गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी भएको छ ।
पिलुपादुका देउराको महत्व र पौराणिक कालदेखि रहीँ आएको छ । वडीमालिका, बुढीनन्दा, शिम्भुनाथ, छायानाथ र कैलास (कविलास) जाने मुख्य द्वार नै विष्णु पादुका त्रिवेणी धाम हुनुका साथै विष्णु भगमानकाे पाउ टेकेकाे, सतिदेविकाे पाउ पतन भएकाे, कैलाश शिर पाउ पादुका, शिद्वेश्वर महादेव उत्पति भएकाे, पाँच पाण्डवले पादुका मन्दिर निर्माण गरेकाे, ज्वाला जलिरहेने स्थान, सम्पूर्ण देविदेउताहरुको जल लिने गरी कर्णाली त्रिवेणी परेर मोडिएको देवकुण्ड बनेको ठाउँ र शिव पार्वती धार्मिक पूजाआजा हुने स्थान भएकोले धार्मिक तथा पौराणिक महत्व भएको स्थान र बाजुरा जिल्लाका ४ वटा स्थानीय तह हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको संगम स्थल हुनुका साथैं कर्णाली करिडोरकाे बाटाे छोएर गएको हुनाले यो क्षेत्रकाे अझ महत्व बढेर गएको छ । गंगा नदी किनारका हिन्दु धर्मालम्बीहरु मानसरोवर जाने मुख्य बाटोमा पर्ने यस पिलुपादुका देउरा धार्मिक स्थलमा पनि पूजा आराधाना गरी स्नान गरी जाँदा मनको आकांक्षा पूरा हुने विश्वास जगाउदा याँहाको धार्मिक पर्यटन क्षेत्रको विकास हुने देखिन्छ ।
महाकुम्भ परेको बर्ष भएको हुनाले पर्यागराज गई महाकुम्म स्नाहान गर्न नपाएका हिन्दु धर्मालम्वीहरूले यो बर्षको शिवरात्री विशेष शिवरात्री भएकाेले १४४ बर्षमा अाउने याे दुर्लभ शिवरात्री मनाउन फागुन १४ गते पिलुपादुका देउरा कर्णाली नदि किनारमा स्नान गरी शिव मन्दीरमा पूजाआजा गरी धार्मिक मनाेकांक्षा पूरा गर्न हार्दिक अनुराेध गरिन्छ ।