• होमपेज
  • बडिमालिका
  • बडिमालिका ५ मा पशु शिविर सञ्चालन, ६ सय बढी बाख्राको उपचार

बडिमालिका ५ मा पशु शिविर सञ्चालन, ६ सय बढी बाख्राको उपचार

  • सोमवार, माघ २८, २०८१
बडिमालिका ५ मा पशु शिविर सञ्चालन, ६ सय बढी बाख्राको उपचार

राजेन्द्र विक —बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा सञ्चालन भएकाे एक दिने नि:शुल्क पशु शिविर सम्पन्न भएको छ। बडिमालिका नगरपालिका वडा नम्बर ५ को आयोजना तथा बडिमालिका नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा उक्त एक दिने पशु शिविर सञ्चालन गरिएको हो।

शिविरमा बाख्रामा हुने विभिन्न खालका रोगहरुको चेकजाँच तथा उपचार गरि महामारी नियन्त्रणका लागि पिपिआर भ्याक्सिन लगाउनुका साथै आन्तरिक परजिबीका लागि जुका,खोकी,निमोनिया लगायत रोगको औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख गोपालचन्द्र भण्डारीले बताए ।

बडिमालिका-५ ले आर्थिक बर्ष ०८१/८२का लागि विनियोजन गरेको बजेटमार्फत बाख्रा पालक किसानहरुको समस्या समाधान गर्न उक्त शिविर सञ्चालन गरिएको वडा अध्यक्ष धरमपाल मिजारले बताए ।

त्यस्तै पिपिआर खोपले बाख्रामा हुने महामारी कम्तिमा २ बर्षसम्म हुन नदिने हुँदा यो शिविर अत्यन्तै फलदायी भएको जनाएकाे छ । उक्त शिविरमा वडा भित्रका ७० जना किसानका ६ सय बढी बाख्राको पिपिआर खोपसंगै चेकजाँच र उपचार गरिएको पशु सेवा शाखा प्रमुख गोपालचन्द्र भण्डारीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार