सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • स्टक
  • प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा बाजुराबाट ५ वटा स्टलसहित सहभागीता

प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा बाजुराबाट ५ वटा स्टलसहित सहभागीता

  • आइतवार, माघ २७, २०८१
प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा बाजुराबाट ५ वटा स्टलसहित सहभागीता

बाजुरा– सुदूरपश्चिम प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा बाजुराबाट ५ वटा स्टलसहित सहभागीता जनाएको छ । प्रदेश सरकारले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेलामा कृषि ज्ञान केन्द्र बाजुराले ५ वटा स्टलसहित सहभागी भएको हो ।
सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा धनगढीमा जारी प्रथम प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला माघ ३० गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रदर्शनी मेलामा बाजुरा जिल्लाको उच्च हिमाली क्षेत्रमा उत्पादित स्याउ, रैथाने कृषि उपजहरुको सुपथ मुल्यमा बिक्री स्टल रहेको जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख जसीराम साहानीले उक्त मेलामा तिमिल्सिना आर्गनिक पसल बडीमालिका ९, मिलेमतो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गौमुल १, सामुदायिक बिउ बैंक स्वामिकार्तिक खापर ४, फ्युचर स्याउ फर्म स्वामिकार्तिक १, साहारा स्याउ फर्म बुढीनन्दा ९ गरी ५ वटा स्टल सहभागी भएको बताए । ति स्टलहरुमा कागुनो झुमरो, मार्से, मकै, आलु, गहत, मह, सिमी, टिमुर, भागो, कोदो, स्याउ, जौ, मास, आलु, फापर लगायतका रैथाने बाली सहित कृषि उपजहरु सुपथ मूल्यमा बिक्री भइरहेको उनले बताए ।
धनगढीमा शनिवार मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्दैै सुरु भएको प्रदर्शनी मेलामा सुदूरपश्चिमका ९ जिल्लाका कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार