शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • खप्तड छेडेदह -३ काे वडा कार्यालय भवन शिलान्यास

खप्तड छेडेदह -३ काे वडा कार्यालय भवन शिलान्यास

  • शुक्रबार, माघ २५, २०८१
खप्तड छेडेदह -३ काे वडा कार्यालय भवन  शिलान्यास

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ को कार्यालय भवनको शिलान्यास गरिएको छ। शुक्रबार गाउँपालिका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवि नाथले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।

वडा कार्यालयकाे नयाँ प्रशासनिक भवनकाे शिलान्यास भएसँगै निर्माण कार्यसमेत सुरु भएको छ । उक्त वडा कार्यालय भवन निर्माणका लागि गाउँपालिकाबाट १ करोड ९९ लाख बजेट विनियोजन गरेर पुरानै कार्यालय रहेको ठाउँमा नयाँ प्रशासनिक भवन निर्माण हुन लागेको वडा अध्यक्ष बिर्क बहादुर रावतले बताए ।

२०८१ साउनमा जगत निर्माण सेवा खप्तड छेडेदह २ ले भ्याट सहित १ करोड १७ लाखमा ठेक्का सम्झौता गरेर अहिले निर्माण कार्य सुरु गरिएको ठेकेदार राजबहादुर सिंहले बताएका छन् । उक्त वडा कार्यालयकाे प्रशासनिक भवन २०८२ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

वडा कार्यालयको भवन शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले पालिकासहित केही वडामा सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह भइरहेको भन्दै अब चाडै पालिकाका सबै वडामा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह हुने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार