
आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित विभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदरबारमा आज फेडरेशनका पदाधिकारीहरू पुगेर श्रममन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । श्रमिकको हकअधिकारका लागि संघर्ष गरिरहेको फेडरेशनले विभिन्न कार्यक्रम सहित सङ्घर्षका कार्यक्रम जारी राखेको छ ।
फेडरेशनले श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने, घरेलु श्रमिकको लागि ऐन निर्माण गर्नुपर्ने, नेपाली उधोगमा बिदेशी कामदारको अन्त्य र नेपाली श्रमिकले काम पाउने व्यवस्था गर्नुपर्ने, विदेशमा कामका लागि जाने श्रमिकलाई ट्रेड युनियन अधिकार र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पिस रेट ठेक्का तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने लगायतका माग श्रम मन्त्रीसँग गरेको छ ।
फेडरेशनका इन्चार्ज धनकुमारी मगर, अध्यक्ष शिव थापा, सचिवालय सदस्य प्रेम थापा, लक्ष्मी राई, विमल गौली, प्रमोद शर्मा लगायतका नेताहरू ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए ।
