• होमपेज
  • देश/प्रदेश
  • मौसम पूर्वानुमान: कस्तो रहनेछ आजको मौसम ?

मौसम पूर्वानुमान: कस्तो रहनेछ आजको मौसम ?

  • सोमवार, माघ २१, २०८१
मौसम पूर्वानुमान: कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।

सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

चर्चामा

सम्बन्धित समाचार