बाजुरा— बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिले आइतवार एक सूचना जारी गर्दै जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गतेदखि १५ गतेसम्म सञ्चालन हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाले यस बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुढीगंगा नगरपालिका वडा नम्बर ५ स्थित भानोदय माध्यमिक विद्यालयमा हुने बताएका छन् ।
गत बर्ष जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा सञ्चालन भएको थियाे ।