बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ मा `जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ´ सुरु भएको छ । बिहीबारदेखि गाउँपालिकाको वडा नम्बर ४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयमा धार्मिक महायज्ञ सुरु भएको हो । खापरदेवस्थली माध्यमिक विद्यालयकाे आयोजनामा बिहीबार अर्थात माघ १७ गतेदेखि २४ गतेसम्म जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ सञ्चालन हुने भएको छ । उक्त महायज्ञकाे शुभारम्भ सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले गर्नुभएको हो । महायज्ञकाे पहिलो दिन सांसद शाहीले शुभारम्भ गरेको महायज्ञ स्थल हुदै साेही ठाउँमा रहेको जिउलेखी मष्टासम्म कलश यात्रा गर्दै अौपचारिक कार्यक्रमकाविच सुरुवात गरिएको आयोजकले जनाएको छ । कलश यात्रा समापनपछि उक्त महायज्ञकाे उद्घाटन खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले गर्नुभएको छ ।
धार्मिक महायज्ञ मूल समारोह समितिका अनुसार खापरदेवस्थली माविको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ लाग्दैछ । विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको समितिले जानकारी दिएको छ ।
उक्त महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले महायज्ञ अवधिभर प्रवचन गर्ने भएका छन् । त्यस्तै महायज्ञकाे उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्रबहादुर थापाले विद्यालयकाे सर्वाङ्गीण विकासका लागि पहिलोपटक गरिएको प्रयासलाई सफल पार्न सबैले सहयोग गरि दिन आग्रह गरेका छन ।
त्यसैगरि महायज्ञ उद्घाटन समारोहमा बाेल्दै खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले धार्मिक ज्ञान आर्जन र विद्यालयकाे सर्वाङगीण विकासका लागि खापरदेवस्थली माविले गरेको पहिलो प्रयास उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै साे विद्यालयले गरे जस्तै पालिकाका अन्य विद्यालयहरुले पनि यस्तो आँट गर्नुपर्ने भन्दै त्यसकाे सहयोग र समन्वयका लागि गाउँपालिका सदैव प्रतिवद्व रहेको बताउनुभयो ।
महायज्ञ उद्घाटन समारोहमा खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिशु नाथ, त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्याैपाने, नेपाल शिक्षक संघ बाजुरा अध्यक्ष प्रेमराज पाध्या लगायतले मन्तव्य राखेका थिए ।
जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ मूल समारोह समिति संयाेजक हर्कबहादुर रावतकाे अध्यक्षमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत रहेका थिए । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिशु नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत, त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्याैपाने, नेपाल शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्या, वडा अध्यक्ष, भक्तियाेग फाउन्डेसनका प्रतिनिधि,विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर थापा, शिक्षक, विद्यार्थी, स्थानीय लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक मीन बहादुर धामीले गरेका थिए ।