बुधबार, फाल्गुन ७, २०८१
  • होमपेज
  • समाचार
  • सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

  • बुधबार, माघ १६, २०८१
सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

काठमाडौं— नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति र आपत्ति जनाएको हो ।

सरकारले संसद्‌मा दर्ता गरेको विधेयकमाथि प्रारम्भिक दृष्टिमा नै गम्भीर प्रश्नहरू उठेको भन्दै सरकारमाथि नागरिकहरूले खबरदारी गरेका छन् । विधेयकमा आधारभूत परिवर्तन नगर्ने हो भने यसले सामाजिक सञ्जाल नियमन गर्ने नभई नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्ने बुझाइ सचेत नागरिकहरूको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार