• होमपेज
  • समाचार
  • सहिद दिवसको अवसरमा काठमाडौँमा विशेष समारोह गर्ने सरकारको निर्णय

सहिद दिवसको अवसरमा काठमाडौँमा विशेष समारोह गर्ने सरकारको निर्णय

  • मङ्लबार, माघ १५, २०८१
सहिद दिवसको अवसरमा काठमाडौँमा विशेष समारोह गर्ने सरकारको निर्णय

काठमाडौँ —सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौँको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।

चर्चामा

सम्बन्धित समाचार