आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • समाचार
  • सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

  • बिहिबार, माघ १०, २०८१
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन भनेको हो ।

अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ । आफूखुसी गैरहाजिर भएकाहरुमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबल्दार धनबहादुर कार्की र चेतन महरा तथा प्रहरी जवानहरु कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन् ।

यसैगरी असलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।

हेर्नुहोस् प्रहरी प्रधान कार्यालयको सूचना –

चर्चामा

सम्बन्धित समाचार