• होमपेज
  • समाचार
  • राष्ट्रपतिबाट माघ १८ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपतिबाट माघ १८ गते संसद् अधिवेशन आह्वान

  • बुधबार, माघ ९, २०८१
राष्ट्रपतिबाट माघ १८ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 

चर्चामा

सम्बन्धित समाचार