बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • समाचार
  • माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउने सरकारको निर्णय

माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउने सरकारको निर्णय

  • सोमवार, माघ ७, २०८१
माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउने सरकारको निर्णय
फाइल तस्विर

काठमाडौं — सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको जनाएकाे छ ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले सभामुख घिमिरेसँग संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता बिजनेस दिन सकिने विषयमा छलफल गरेका थिए।
विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएको थियो। संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले संयुक्त वक्तव्य जारी गरेर सरकारको आलोचना गरेको थियो। छिट्टै संसद बैठक नबोलाइए विशेष अधिवेशन आह्वानको प्रक्रियामा जाने चेतावनी पनि विपक्षीले दिएको थियो।
 

चर्चामा

सम्बन्धित समाचार