• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका कर्ण रावलले पाए ६९ बर्षमा नागरिकता

बाजुराका कर्ण रावलले पाए ६९ बर्षमा नागरिकता

  • आइतवार, माघ ६, २०८१
बाजुराका कर्ण रावलले पाए ६९ बर्षमा नागरिकता

बाजुरा– बाजुराको पूर्वीउत्तरी क्षेत्रको विकट हिमाली गाउँपालिकाका कर्ण सिंह रावलले ६९ बर्षको उमेरमा नागरिकता भएका छन् । करिब ५६ बर्ष भारतमै जीवन बिताएका रावलले अहिले वृद्धावस्थामा नेपाली नागरिकता पाएका हुन् ।
करिब १२ बर्षकै उमेरमा घर छोडेर भारतमा छिरेका रावलले आज आइतवार जिल्ला प्रशासन कार्यालय बाजुराबाट नागरिकता पाएका छन् । उनी हालसम्म अविवाहित छन् । आमाबुवाको मृत्युको खबर पनि अहिले वृद्धावस्थामा सुन्न पाएका रावलले ५६ बर्ष लामो जीवन भारतमै बिताए । अहिले वृद्धावस्थामा भारतमा पनि कान गर्न सक्ने क्षमता नभएपछि २०७९ को फागुनमा आफ्‌नो घर खोज्दै गाउँमा पुगे । त्यतिबेला रावल घरमा पुगेपछि आफ्‌न्तले वृद्धावस्थामा नागरिकता बनाइदिने विचार गरे । सोहि समयमा जिल्ला प्रशासन कार्यालयको टोलि नागरिकता बनाउन गाउँमै पुगेपछि उनको नागरिकता बनाउने प्रक्रिया सुरु भएको आफन्त कर्ण बहादुर रावल बताउँछन् ।
रावलले भने “त्यतिबेला नै उनको नागरिकताको लागि सबै विवरण भरेर प्रशासनमा पठाए पनि उनको आमाबुवाको विवरण र उमेरमाथि शंका गर्दै प्रशासनले नागरिकता दिएन् ।” त्यसपछि फेरी गत मंसिरमा आमाबुवाको मृत्यु दर्ता, वडा कार्यालयबाट उनको जन्म मिति प्रमाणित लगायत सबै कागजात बुझाएपछि प्रशासनले प्रहरी सर्जिमिन गरेर सबै प्रक्रिया गरेर आइतवार नागरिकता पाएको आफन्त रावलले बताए । वृद्ध रावलका अंकल नाता पर्छन् । आज ६९ बर्षको उमेरमा नागरिकता पाएपछि वृद्ध खुसी हुदैँ घर फर्किएका छन् ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कोही पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुन भनेर वृद्ध रावलको सबै प्रक्रिया मिलाएर नागरिकता प्रदान गरिएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार