काठमाडौं —गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
उक्त दिन बसेको मन्त्रिपरिषद् बैठकले २८ वटा निर्णय गरेको थियो ।
विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, प्रहरी अधिकृतहरूको बढुवा र सचिवहरूको सरुवा लगायतका निर्णय भएका छन् ।