• होमपेज
  • समाचार
  • कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो

कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो

  • बुधबार, पुस २४, २०८१
कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो

काठमाडौँ— कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

अब जाहेरवालाको तर्फबाट केहीबेरमा बहस सुरु हुने अदालत स्रोतले जनाएको छ । आज प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार