• होमपेज
  • समाचार
  • चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द

चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द

  • मङ्लबार, पुस २३, २०८१
चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द

काठमाडौं —चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार