काठमाडौँ —चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २५ सय जना परिचालन गरिएको हो । केही जिल्लाका १,२ वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन ।
रामेछाप , सिन्धुपाल्चोक , ओखलढुङ्गा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ ।