त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले परीक्षामा १५ मिनेट समय थप गरिएको हो ।
‘१५ मिनेट परीक्षाको समय थप गरेका छौँ। समय थप गर्न सबै केन्द्रमा सर्कुलर गरेका छौँ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने । भूकम्पका कारण केहीबेर प्रभावित भएपनि अहिले परीक्षा चलिरहेको छ ।
बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा थियो ।