• होमपेज
  • शिक्षा
  • लोक सेवा आयोगले निजामती सेवा प्रवेश उमेर घटाउने प्रस्ताव

लोक सेवा आयोगले निजामती सेवा प्रवेश उमेर घटाउने प्रस्ताव

  • शनिबार, पुस २०, २०८१
लोक सेवा आयोगले निजामती सेवा प्रवेश उमेर घटाउने प्रस्ताव

लोक सेवा आयोगले निजामती सेवामा प्रवेश गर्ने अधिकतम उमेर ३२ वर्ष कायम गर्न प्रस्ताव गरेको छ। हाल पुरुषका लागि ३५ र महिलाका लागि ४० वर्षको सीमा रहेकोमा आयोगले यो उमेर घटाउने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राखेको हो।

आयोगका अध्यक्ष माधव रेग्मीले समितिको आजको बैठकमा बोल्दै, सेवा प्रवेश उमेर ३२ वर्ष र अनिवार्य अवकाश उमेर ६० वर्ष कायम गर्ने लिखित प्रस्ताव प्रस्तुत गरे।
महिला, अपाङ्गता, र समावेशीतर्फका उम्मेदवारका लागि अधिकतम उमेर ३७ वर्ष राख्ने प्रस्ताव गरिएको छ।  अध्यक्ष रेग्मीले मुख्य सचिवको पदावधि तीन वर्षबाट दुई वर्ष र सचिवको पदावधि पाँच वर्षबाट तीन वर्ष झार्ने प्रस्ताव गरे।

सहसचिव पदपूर्तिमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिएको छ। उमेर घटाउने प्रस्तावले युवावर्गलाई सेवा प्रवेशमा प्राथमिकता दिने उद्देश्य राखेको छ। अनिवार्य अवकाश उमेर ६० वर्षमा सीमित गर्दा नयाँ नेतृत्वलाई अवसर दिने र सेवाको कार्यक्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार