बाजुरा– देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट उत्कृष्ट तीन जना छानिएका छन् । नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान ‘शी लिड्स आइकन’ मा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा छनाैट भएकी छन । निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ जना महिला जनप्रतिनिधिमध्ये गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा छनाैट भएकी हुन ।
उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
अवार्ड समारोहका बिच प्रधानमन्त्री केपीसर्मा वलीद्धारा बितरण गरिएकाे जनाएकाे छ । महिला जनप्रतिनिधिहरूको उत्सवका रुपमा रहेकाे ‘शी लिड्स आइकन’ का बिभिन्न चरण पार गर्दै गाैमुल गाउँपालिका उपाअध्यक्ष थापा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा छनाैट भएकी हुन ।
शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्ट भएका थिए । देशभरका १ सय २८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जसमा तीन जना प्रमुख र बाँकी उपप्रमुख छन् ।
सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । आयोजक कल्पले जानकारी दिएअनुसार निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेकाे जनाएकाे छ।