लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले जिल्लाको मर्यादामा सिडियो एक नम्बरमा हुनुपर्ने बताएका छन् । ‘प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हो,’ अध्यक्ष रेग्मीले भने , ‘यसकारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्छ ।’
जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोध गराउन पनि सिडियोको मर्यादा एक नम्बरमा राख्नुपर्ने उनको तर्क छ । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।