• होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन

खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन

  • आइतवार, पुस ७, २०८१
खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको छ । करिब ७ महिनादेखि गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका नन्दकृष्ण पाध्यायको सरुवापछि अहिलेसम्म गाउँपालिकाले अर्को कार्यकारी ल्याउन सकेको छैन् । पाध्याय असोज ८ गते गाउँपालिका सूचना अधिकारी कृष्णराज जोशीलाई कामकाजको जिम्मेवारी दिएर गएका थिए । गाउँपालिकाले ३ महिनासम्म पनि अर्को प्रमुख प्रशासकिय अधिकृत ल्याउन नसक्दा गाउँपालिकामा कामकाज ठप्प भएका छन् भने सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
गाउँपालिकामा कार्यकारीको रुपमा रहेका पाध्याय बर्षदिन नपुग्दै पालिकाभित्र जनप्रतिनिधिको आन्तरिक विवादले विना सूचना अन्त सरुवा माग्न काठमाडौं हिडेको आरोप लाग्ने गरेको छ । गृह पालिकाका स्थानीय समेत रहेका पाध्याय २०८० माघ महिनामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा गाउँपालिकामा हाजिरी भएका थिए । गाउँपालिकामा चालू आवमा प्रमुख प्रशासकिय अधिकृत सहित जनप्रतिनिधिले आफूखुसी योजना छनौट गरेर बजेट विनियोजन गरेको भन्दै नेपाली कांग्रेसले विभिन्न चरणमा आन्दोलन समेत गरेको थियो । उसो त गाउँपालिकामा आफ्‌नै पार्टीको बहुमत रहेको कांग्रेसले पालिकामा व्यक्ति र कार्यकर्तामुखी योजनामा बजेट विनियोजन गरेको भन्दै तत्काल संशोधन गर्न माग गर्दै धर्ना समेत गरेका थिए ।
गाउँपालिका स्रोतका अनुसार नन्दकृष्ण पाध्यायले छाडेपछि नयाँ कार्यकारी ल्याउने भन्दै गाउँपालिका अध्यक्ष दिल बहादुर रावत महिनौदेखि काठमाडौं धाइरहेका भएपनि अहिले रित्तो हात फर्किएका र अब निमित्त बाटै कामकाज चलाउने तयारी भइरहेको बुझिएको छ ।
अहिले गाउँपालिकाको दैनिक कामकाज निमित्त प्रशासकिय अधिकृतको रुपमा सूचना अधिकारी समेत रहेका कृष्णराज जोशीले गरी रहेका छन् ।  ३ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा गाउँपालिकामा चालू बर्षका योजना, आर्थिक कारोवार लगायतका सबै कामकाज ठप्प रहेका छन् । चालू आवको मध्यसम्म पुग्दा पनि प्रशासकिय तथा आर्थिक कारोवारसँगै चालू आवका योजनाहरु सुरु नभएको भन्दै अहिले गाउँपालिकाको चर्को आलोचना समेत भइरहेको छ । यस विषयमा गाउँपालिका अध्यक्ष दिल बहादुर रावतलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।

चर्चामा

सम्बन्धित समाचार