• होमपेज
  • समाचार
  • पूर्वी नेपालमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा राति हिमपात हुने

पूर्वी नेपालमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा राति हिमपात हुने

  • शनिबार, पुस ६, २०८१
पूर्वी नेपालमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा राति हिमपात हुने

आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा हिमाली क्षेत्रमा एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । आज बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार