मङ्लबार, फाल्गुन २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण सङ्कलन हुँदै

  • शनिबार, पुस ६, २०८१
बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा–  जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी  कार्यालय बाजुराले जनाएकाे छ । प्रहरीका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । उनले भने–हामी बिहानैदेखि क्षतिको विवरण लिइरहेका छौँ । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।  आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार