• होमपेज
  • बाजुरा बिशेष
  • शनिबार बिहान बाजुरामा पाँच म्याग्नेच्युडको भूकम्प

शनिबार बिहान बाजुरामा पाँच म्याग्नेच्युडको भूकम्प

  • शनिबार, पुस ६, २०८१
शनिबार बिहान बाजुरामा पाँच म्याग्नेच्युडको भूकम्प

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिनु हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार