प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् । बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका क्रममा उनले पत्रकारिता जगतले पूर्ण प्रेस स्वतन्त्रताको दुरुपयोग गर्न नहुने बताए ।
‘समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउनुस्,’ प्रधानन्यायाधीश राउतको आग्रह छ, ‘न्यायपालिका पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक प्रावधानको सम्मान गर्छ । पत्रकारिता जगतले त्यो स्वतन्त्रताको दुरुपयोग नगरोस् ।’ साथै, उनले सबैले आ–आफ्नो आचारसंहित ननाघ्दा दुष्परिणाम आफैं रोकिने दाबी गरे ।