बाजुरा– रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल लगायतको टोलीले बाजुराको गौमुल गाउँपालिकामा एक झोलङ्गे पुल उद्घाटन गरिएको छ । गौमुल गाउँपालिका २ मल्लोदुगनमा एग्रीकल्चरल एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल (कादुरी) नामक संस्थाले निर्माण गरेका एक वटा झोलङ्गे पुल उद्घाटन गरिएको हो ।
विहिवार एक औपचारिक कार्यक्रमका बिच कादुरी नामक संस्थाले निर्माण गरेका झोलङ्गे पुलको रक्षा मन्त्रालयका सचिव, सहसचिव, कादुरी संस्थाका प्रमुख लगायतको सहभागीतामा भव्य रुपमा उद्घाटन भएको वडा नम्बर २ का अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् । त्यसै गरि रक्षा सचिव दंगालले कादुरी नामक संस्थाले निर्माण गरेको अर्को झोलङ्गे पुल र सोही संस्थाले निर्माण गरेको बिद्युत हाईड्रोपावरको अनुगमन समेत गरेका छन ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल रहेका थिए भने अतिथिमा मन्त्रालय सहसचिव ज्ञान प्रसाद ढकाल, कादुरी संस्थाका कणर्ेल डेनरेक्स, कणर्ेल यानडिरियु मिल्ज, जनप्रतिनिधि स्थानीय लगायतको सहभागीता रहेको थियो ।