बारबर्दिया– बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ७ लाई एक समारोहका बिच बुधबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । सन् २०३० सम्म नेपाललाई बाल विवाहमुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगर पालिकालाई वि.स.२०८३ सम्ममा बाल विवाहमुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत वडा नम्बर ७ लाई बाल विवाहमुक्त घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले वडा नम्बर ७ लाई बाल विवाह मुक्त वडाको रुपमा घोषणा गरेका हुन ।
बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुले २०८३ सम्ममा ११ वटै वडा बालविवाह मुक्त गरी पालिका नै घोषणा गर्ने लक्ष्य रहेको बताएका छन । नगरप्रमुख थारुले समुदायमा समाजमा नाकारात्मक असर पारी रहेको बताए । यो प्रथालाई रोक्न अभिभावक स्वयं लाग्नुपर्ने बताएका छन । अभिभावकको जानकारीमै छोरा छोरीले भेट्ने बस्ने कम समयमा बुहारी भित्र्याउने र पछि समय पुगेपछि जन्मदर्ता बनाई विवाह दर्ता समेत बनाउने गरेकोले यस्ता गतिबिधी राेक्न अनुराेध समेत गरेका छन ।
बारबर्दिया नगरपालिकामा वडा नम्बर ७ लाई दोस्रो बालविवाह मुक्त वडाको रुपमा घोषणा भएको छ । घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बाल विवाहको दर शुन्यमा झार्नु पर्ने बताए । विशेष गरी स्थानीय नागरिक, अगुवा, अभिभावक तथा आफु स्वयम लागेर बालविवाह शुन्य गर्न सकिने विश्वास व्यक्त गरेका छन । नागरिक बाट भोट लिएर नीतिगत तहमा पुगेका जन प्रतिनिधिलाई आफैले बनाएको कानुनको कार्यान्वयन गराउन दवाव दिनु सवै मतदाताको जिम्मेवारी रहेकोमा जोड दिएका छन। बारबर्दिया नगरपालिकाले सवै राजनैतिक दल, संघसंस्था स्थानीय नागरिक, अभिभावक लगायतलाई मिलाएर बालविवाह शुन्य पालिका बनाउने धारणा राराखेका छन ।
लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार थारुले बालविवाह अन्त्यका लागि बालबालिकाको अभिभावक तथा गाँउका अगुवाहरुको महत्वपुर्ण भुमिका रहने बताए । अभिभावकहरुले चाहे आफ्ना बालबालिकालाई विवाह गर्नबाट रोक्न सक्ने उहाँको विश्वास छ । फरक प्रसंगमा बोल्दै थारुले यातायात कार्यालय बारबर्दियामा ल्याउनु पर्ने बताए । यातायात कार्यक्रम बारबर्दियामा ल्याउन सके नगरले जग्गा उपलब्ध गराउन सक्ने उल्लेख गरेका छन । यसका लागि नगरप्रमुख संग एकचरणको कुरा समेत भएको बताएका छन ।
बारबर्दिया नगरपालिकाले बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दा कम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाहमुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले बताएकी छन ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक मानसिंह बिश्वकर्मा, भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपका अध्यक्ष डाक्टर लगाएतले सफलताको शुभकामना दिएका छन ।
बारबर्दिया नगारपालिका वडा नम्बर ७ का अध्यक्ष इन्द्र प्रसाद चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा वडा भित्रका सहकारी, सामुदायिक बन, विद्यालय, सामाजिक संघसस्थाको सहकार्यमा भएको छ । घोषणासभा कार्यक्रममा बिभिन्न किसिमका संस्कृति झाँकीहरु पनि प्रस्तुत गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल भेरी वातावणीय विशिष्टता समुह (बि ग्रुप) र राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका सस्थाहरुले निरन्तर बाल विवाह न्युनिकरणका कार्यक्रम संचालन भएपश्चात बालबिवाह मुक्त वडा घोषणा सम्भव भएको जनाएकाे छ । बाल विवाह न्युनिकरणका लागि बि ग्रुपले नगर, वडा तथा समुदायमा बिभिन्न किसिमका सचेतनाकुलक कार्यक्रमहरु गरेपछि हाल बारबर्दियामा २ वटा वडा बाल विवाह मुक्त घोषणा भएको छ भने बाँकी २ वटा वडालाई यसै बर्ष नै घोषणा गर्ने कार्यक्रम रहेको छ ।