• होमपेज
  • अन्तर्राष्ट्रिय
  • गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया

गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया

  • मङ्लबार, पुस २, २०८१
गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया

इजरायल– गाजा र लेबनानमा आक्रमण गरेको इजरायलले पछिल्लो समय सिरियामा आक्रमणको तयारी गरेको छ। इजरायली पब्लिक ब्रोडकास्टिङ कर्पोरेसन (कान) को रिपोर्ट अनुसार हाउथीलाई लक्षित गर्दै आक्रमणको तयारी भएको छ। सोमबार बिहान हाउथीले ब्यालेस्टिक मिसाइल ड्रोन लन्च गरेपछि सो घोषणा भएको हो।

गाजा क्षेत्रमा इजरायलले ४५ हजार भन्दा बढीको ज्यान लिएर नरसंहार गरेको आरोप लगाउँदै हाउथीले आक्रमण गर्ने तयारी गरेको हो। अमेरिकी सेनाले पनि इरानको सहयोगमा सञ्चालित हाउथीको नियन्त्रणमा रहेको यमनको सानामा हवाई आक्रमण गरेको जनाएको छ। हाउथीको मुख्य आधार क्षेत्रलाई ध्वस्त गर्ने उद्देश्यले सो हवाई आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ।

यता हमासले पछिल्लो एक सातामा प्यालेस्टिाइनी अथोरिटी फोर्सले वेस्ट बैंकको शरणार्थी शिविरमा गरेको आक्रमणलाई राष्ट्रिय अपराधको संज्ञा दिएको छ।

चर्चामा

सम्बन्धित समाचार