संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा २ बजे कानून समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने तयारी छ ।