बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य हुन चाहनेहरूको छोटो सूची -सर्टलिस्ट_ सार्वजनिक भएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले १५६ आवेदकमध्येबाट छानको ४० जनाको छोटो सूची सार्वजनिक गरेको हो ।जसमा ८ जना अध्यक्षका इच्छुक व्यक्ति हुन् भने अन्य सदस्य बन्न चाहने व्यक्तिहरू हुन् ।
समितिले सार्वजनिक गरेको अध्यक्षको सूचीमा अच्युतप्रसाद भण्डारी, काशिराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापती, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी रहेका छन् । भण्डारी र सिंजापतीको आवेदन अध्यक्ष र सदस्य दुवैका लागि छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले आयोगका पदाधिकारीको सर्टलिस्टबारे छलफल गरेका थिए । सिफारिस समितिले सार्वजनिक गरेका नामबारे उजुरी आह्वान पनि गरेको छ । प्रकाशित नामबारे पाँच दिनभित्र कानुन न्याया तथा संसदीय मामिलामा रहेको समितिको सचिवालयमा उजुरी दर्ता गर्न सकिनेछ ।