नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा गोविन्द प्रसाद चौलागाईं, दामोदर प्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ ।
सदस्यतर्फ कोशीमा ६, मधेसमा ५, बागमती (उपत्यकाबाहेक) ५, गण्डकीमा ५, लुम्बिनीमा ४, कर्णालीमा ४, सुदूरपश्चिममा ४, उपत्यका प्रदेशमा ६, प्रतिष्ठान प्रदेशमा ४, संस्थागत प्रदेश एसोसियतमा ३, खुला सदस्यमा १२ र महिला सदस्यतर्फ मधेसी २, आदिवासी जनजाति २, खस आर्य २ र दलित १ जनाको उम्मेदवारी परेको छ । महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मंसिर २८ मा हुनेछ ।