छोराले बालाई चिन्दैन भाईले दाईलाई चिन्दैन,
स्वार्थ यति बढ्यो बाबु आफु न अघाई चिन्दैन।
तिमी भन्छौँ स्वदेशभित्रै बसौँ मिलिजुली हामी,
रोज्गार छैन तर विना पैसा दाईले भाई चिन्दैन।
श्रवणकुमारका कथा सुन्दा यिनी आँखा रसाए,
अचेलका छोराहरू त्यो चस्मा नलगाई चिन्दैन।
मनले त सबैलाई सहयोग गरौँ गरौँ लाग्छ सधैँ,
कसैले पनि धनकमाउँने बाटो न समाई चिन्दैन।
जतिसुकै पढाए पनि छोराले बाबा आमालाई,
आफुले ठोक्कर नखाएर दुख्ख नपाई चिन्दैन।
काल सबैलाई आउँनेछ मर्योभनी चिन्ता नगरौँ,
समय बलवान हुन्छ र जीवन अस्थाई चिन्दैन।