• होमपेज
  • समाचार
  • १५ स्थानमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कहाँ कति मत आयो ?

१५ स्थानमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कहाँ कति मत आयो ?

  • सोमवार, मंसिर १७, २०८१
१५ स्थानमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कहाँ कति मत आयो ?

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एउटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ । सो पार्टीबाट गढीमाई गाउँपालिकाको उम्मेदवार रहेका बजरंगी प्रसाद यादव ६५५ मतसहित विजयी भएका हुन् ।  यस बाहेकका वडा तथा स्थानीय तहका विभिन्न पदमा सो पार्टीको सहभागिता मात्रै बनेको छ । अर्थात् अन्य स्थानमा एकीकृत समाजवादीले जित हासिल गर्न नसकेको हो ।

निर्वाचन आयोगका अनुसार सो पार्टीबाट जम्मा १५ स्थानमा उम्मेदवारी परेको थियो । जसअनुसार स्वामिकार्तिक गाउँपालिकामा जवा शाहीले ५५३ मत, ईशनाथ नगरपालिका ७ मा सदरे आलमले ४९२ मत, त्रियुगा नगरपालिका १२ मा निर्मला चौधरीले ३९२ मत, भीमदत्त नगरपालिका ६ मा जितेन्द्र बहादुर चन्दले २२५ मत, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा बलराम बलले ७३ मत, कीर्तिपुर नगरपालिकामा भानु रिजालले ३९ मत (मतगणना जारी), कीर्तिपुर ४ मा रिता खड्का केसीले ३१ मत, ककनी गाउँपालिका २ मा मान बहादुर लामाले २३ मत, शुद्धोदन गाउँपालिका १ मा सुब्बा थारुले १५ मत, महाबु गाउँपालिकामा गजत बहादुर हमालले ४ मत, लालीगुराँस गाउँपालिका ७ मा प्रेम बहादुर खड्काले २ मत पाएका छन् ।

यस्तै गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा रविना खड्काको उम्मेदवारी रहेको छ भने त्यहाँ मतगणना जारी छ ।

चर्चामा

सम्बन्धित समाचार