• होमपेज
  • समाचार
  • उपनिर्वाचन अपडेट :४१ पदमा जारी उपनिर्वाचनमा चार बजेसम्म ५८ प्रतिशत मतदान

उपनिर्वाचन अपडेट :४१ पदमा जारी उपनिर्वाचनमा चार बजेसम्म ५८ प्रतिशत मतदान

  • आइतवार, मंसिर १६, २०८१
उपनिर्वाचन अपडेट :४१ पदमा जारी उपनिर्वाचनमा चार बजेसम्म ५८ प्रतिशत मतदान

स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको हो । ‘दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको छ,’ अर्यालले अनलाइनखबरसँग भनिन्, ‘सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’ मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने उनले बताइन् ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेकाे हाे ।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार