• होमपेज
  • समाचार
  • उपनिर्वाचनको विषयमा सुदूरपश्चिम प्रदेश प्रमुखको चासो

उपनिर्वाचनको विषयमा सुदूरपश्चिम प्रदेश प्रमुखको चासो

  • बुधबार, मंसिर १२, २०८१
उपनिर्वाचनको विषयमा सुदूरपश्चिम प्रदेश प्रमुखको चासो

धनगढी– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उपनिर्वाचनको विषयमा चासो राखेका छन्। आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गर्न प्रदेश प्रमुख कार्यालय पुगेका प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टसँग प्रदेश प्रमुख मियाँले उपनिर्वाचनको विषयमा जानकारी लिएका छन्। उनले उपनिर्वाचन हुने क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान गर्ने व्यवस्था गर्न आग्रह समेत गरेका छन्।

नेपालको संविधानको धारा २९४ को उपधार ३ बमोजिम प्रदेश निर्वाचन अधिकारी भट्टले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेस गरेका थिए। त्यसक्रममा उनले सुदूरपश्चिम प्रदेशका ६ स्थानमा उपनिर्वाचन हुन लागेको र त्यसको लागि निर्वाचन आयोग पूर्ण तयार रहेको जानकारी प्रदेश प्रमुख मियाँलाई गराए।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष, डोटीको पुर्वीचौकी–६, दार्चुलाको दुहुँ गाउँपालिका–५  र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदको लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। प्रतिवेदन कार्यान्वयनका लागि मुख्यमन्त्रीमार्फत प्रदेश सभामा पठाइने बताउँदै  प्रदेश प्रमुखले प्रतिवेदनमा औँल्याइएका विषयलाई कार्यान्वयनमा लैजान सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

चर्चामा

सम्बन्धित समाचार