• होमपेज
  • समाचार
  • प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पाँच महिनामै दिए राजीनामा

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पाँच महिनामै दिए राजीनामा

  • आइतवार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पाँच महिनामै दिए राजीनामा

काठमाडौं — प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा गरेका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।

उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।

चर्चामा

सम्बन्धित समाचार