• होमपेज
  • बडिमालिका
  • बाजुराका ४ सय ५८ घर परिवारसँग छैन शौचालय

बाजुराका ४ सय ५८ घर परिवारसँग छैन शौचालय

नामको मात्र खुला दिशामुक्त बाजुरा जिल्ला

  • बुधबार, मंसिर ५, २०८१
बाजुराका ४ सय ५८ घर परिवारसँग छैन शौचालय

लक्ष्मीराज पाध्याय– नेपालको जनगणना २०७८ अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार पाचँ सय २३ छ । जनगणनाको तथ्यांक अनुसार बाजुराका २४ हजार ९ सय ८ परिवार रहेको र ति मध्य ४ सय ५८ घर परिवारमा शौचालय नै नभएको तथ्याँक छ । जनगणनाको तथ्याँक अनुसार बाजुराका १८ हजार ५ सय २९ घरपरिवारको सेप्टी ट्याकी सहितका शौचालय रहेको उल्लेख गरिएको छ । त्यसै गरी साधारण खाल्डो सहितका शौचालय भएका परिवार संख्या ८ हजार ५ सय ४९ छ भने  सार्वजनिक सौचालय ८९ रहेको तथ्याकंमा उल्लेख गरिएको छ ।

नेपालकै सोह्रौं जिल्लाको रुपमा बाजुरा २०७१ मंसिर १२ गते जिल्ला खुला दिसामुक्त घोषणा गरी पुर्ण सरसफाइका कार्यक्रम संचालनमा रहेका छन । तर बाजुरामा अझै ४ सय ५८ परिवारको शौचालय नहुँदा पुर्ण सरसफाईका कार्यक्रमहरु पनि प्रभाबित हुने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहले आफ्नो पालिकामा कसको शौचालय छैन सो पहिचान गर्न आबस्यक रहेको नागरिक अगुवा बताउछन ।

जिल्लाका धेरै ठाँउमा  अहिले पनि खुला ठाँउमा शौच गर्ने गरेकाे पाइएकाे देख्न सकिन्छ । देखाउनलाई शौचालय निर्माण र केही ठाँउमा निर्माण भएको शौचालयमा पानिको अभाबले बन्द हुनुले खुला ठाँउमा दिशापिसाब गर्ने गरेको पाईएको तथ्याकं छ । बाजुराका सतप्रतिशत बासिन्दाले शौचालय निर्माण भएको भन्दै जिल्लाई खुला दिशामुक्त गरिएको थियो ।

त्यहि आधार मानेर पुर्ण सरसफाइमा सरकारी तथा गैर सरकारी संस्थाले काम गरीरहेका छन्, तर अहिले पनि धेरै बासिन्दा खुला ठाँउमा शौच गरीरहेको नागरिक समाजका अगुवाहरुले बताउने गरेका छन । भब्य कार्यक्रमका बिच बाजुरा जिल्लालाइ देशकै १६ औं जिल्लाका रुपमा खुला दिसामुक्त्त घोषणा गरिएको थियो । तत्कालिन अबस्थामा  “बनाईएका शौचालय प्रयोग बिहिन बनेका छन् । केही ठाँउमा पानिको अभाब रहेको छ, भने केही ठाँउमा स्थानियको लार्पवाहिका कारण खुलाठाँउमा जथाभाबि दिशापिसाब गर्ने गरेको एक शिक्षकले वताएका छन्” । अहिले त नामको मात्र खुलादिशामुक्त जिल्ला भएको उनले भने ।

जिल्लामा पहिलो पटक २०६८ साल चैत २७ गते साविकको छतारा गाविस खुला दिशामुक्त गरिएको हो ।  क्षेत्रिय खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितिको जिल्ला अनुगमन पछि बाजुरा खुला दिशा मुक्त गरिएको थियो । सरकारी तथा गैर सरकारी संस्थाहरुले खुला दिशामुक्त अभियानलाई पैशामुखी बनाउनु र जिल्लालाई खुलादिशामुक्त घोषणा भएको देखाउनका लागि हतार हतारमा खुलादिशामुक्त गरेको जिल्लावासिको गुनासो रहेको छ । सदरमुकाम मार्तडीमा पनि सार्वजनिक शौचालय प्रयोग बिहिन भएपछि सदरमुकाम मार्तडीमा रहेकाे बसपार्क क्षेत्रमा पनि खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता रहेकाे छ ।

बाजुरा जिल्लाको सदरमुकाममा रहेका सार्बजनिक शौचालय प्रयोग बिहिन रहेका छन ।  सरोकारवाला निकाएको ध्यान नजादा २०७१ सालमा बनेका शौचालय पनी केही जिर्ण अबस्थामा रहेका छन भने केही शौचालयको संरक्षण नहुदा प्रयोग बिहिन बनेका छन । बजार ब्यबस्थित नहुदा व्यापारी तथा बजारमा आएका ग्राहकहरु सास्ती भोग्न बाध्य भएका छन ।
सदरमुकाम मार्तडीमा रहेका सार्वजनिक शौचालय प्रयोग बिहिन बनेका छन । खुलामञ्च लगायतका ठाँउमा रहेका शौचालाय अलपत्र अबस्थामा रहेका छन् ।  सदरमुकाममा बसपार्कमा जती मान्छे ओर्लिन्छन ति सबैले खुला दिशा पिसाव गर्नुपर्ने बाध्यता रहेकाे भन्दै बसहरुले रापक र नुनेपानी बस राेकेर ल्याउने गरेकाे यातायात ब्यबासायीकाे भनाइ रहेकाे छ ।  बसहरु कतै रोकीदिदैन बिहानको समय हुन्छ बसपार्कमा बसबाट झरेर शौच गर्ने मन लागेको हुन्छ कतै शौचालय नदेखेपछी बाध्य भएर खुला दिशा पिशाव गर्न बाध्य हुन्छन ब्यबासायीहरुले बताउने गरेका छन  । जिल्ला नै पुर्ण सरसफाई अभियानमा अगाडि बढेपनि तर सार्वजनिक शौचालय नहुदा खुला ठाँउमा शौच गर्न बाध्य भएका छन् ।
त्यस्तै उत्तरी क्षेत्रको कोल्टि बजारमा पनि शौचालय प्रयोगबिहिन रहेका छन् । बिच बजारमा रहेको शिवपार्क नजिक भएपनि प्रयोगबिहिन बनेको स्थानियले वताएका छन् । त्यस्तै जिल्लाका अन्य ठाउँमा रहेका शौचालय पनि प्रयोगबिहिन बनेका छन् । सडक सँग जोडिएका बजारमा केही ठाउँमा शौचालय पनि बनाएका छैनन्, भएका ठाउँमा पनि प्रयोग बिहिन हुदा यात्रुहरुले खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् । स्थानीय तहहरुको ब्यवास्थाका कारण जिल्ला फेरी २०७१ साल भन्दा अगडी फर्किन सक्ने अबस्था भएको छ ।  त्यहि समयमा सदरमुकाम लगायत जिल्लाका ब्यापारीक केन्द्र आसपासका सबै सार्बजनिक शौचालयहरु जिर्ण तथा संरक्षणको अभावमा अलपत्र  छन् । जिल्लाका धार्मिक तथा पर्यटकिय स्थानमा शौचालय नहुदा खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार