कहाँ पुगेर टुङ्गिन्छ जीवन सफर हाम्रो,
कसले दिन्छ गन्तव्य कहाँ खबर हाम्रो।
समाजको एउटा अङ्ग बनेको छु मै पनि,
मिल्छ की मिल्दैन त्यही घट बगर हाम्रो।
नतमस्तक गवारा छैन कुरितीमा मलाई,
कुसंस्कारका जरा काट्ने छ रहर हाम्रो।
बगाउँछन् रगत पसिना ति ज्यामिहरूले,
लुटेरा रमाउँछन छ व्यवस्था गदर हाम्रो।
जब खिल्छ अन्न फाँटमा भोको पेटपनी,
फूल जस्तै मुस्कुराउँछ सधैँ अधर हाम्रो।
आफै पनि रूपियाँ तिर हेर्छु हासो लाग्छ,
बनि छातिमा आरपार पुगे खञ्जर हाम्रो।