• होमपेज
  • समाज
  • हुम्लामा देखियो पशुचौपायामा रेबिज

हुम्लामा देखियो पशुचौपायामा रेबिज

  • बिहिबार, कार्तिक २९, २०८१
हुम्लामा देखियो पशुचौपायामा रेबिज

हुम्ला– सिमकोट गाउँपालिका–७ को डाडाँफयाँमा पशुचौपायमा रेबिज रोग फेला परेको छ। एकसाता अगाडी ४ वटा पशुचौपाय (झोपा) मरेका थिए।

बिरामी रहेको पशुको र्याल चेकजाँच गर्दा रेबिज रोग भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाले जनाएको छ। मरेका पशुचौपाय (झोपा)को कलेजो, आन्द्रा फोक्सो चेकजाँच गर्दा कुनै लक्ष्ण नदिएको र जिउँदो पशु चौपायको र्याल चेकजाँच गर्न सुर्खेत पठाउँदा रेबिज देखिएको पशु अस्पताल तथा पशु कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले जानकारी दिए।

तीनपटक चेकजाँच गरे पनि रेबिज रोगको देखिएको र अझै यसलाई पुष्टि गर्न स्वाब काठमाडौं पठाएको कार्यालय प्रमुख रोकायाले बताए।
खास गरी झोपा, जुमामा पशुहरुलाई रोग देखिएको र अन्य पशुलाई नदेखिएको उनको भनाइ छ। ‘रेबिज रोगको १ हजार डोज भ्याक्सिन माग भइसकेको छ। आजै जिल्ला पुग्छ।’, रोकायाले अन्नपूर्ण पोस्टसँग भने, ‘नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा ५ वटा कुकुरले ५ जनालाई टोकेको सूचना पनि पशु अस्पताल तथा पशु सेवा कार्यालयमा आएको छ। लिखित सूचना आएको छैन । १ सय डोज रेबिजको भ्याक्सिन याल्वाङ पठाइसकेका छौं।’

सिमकोट गाउँपालिकाको ठेहे गाउँमा पनि एक दुई वटा पशु चौपाया मरेको सूचना आएको छ।

चर्चामा

सम्बन्धित समाचार