• होमपेज
  • देश
  • के हुँदैछ पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने सरकारको योजना ?

के हुँदैछ पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने सरकारको योजना ?

  • बिहिबार, कार्तिक २९, २०८१
के हुँदैछ पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने सरकारको योजना ?

काठमाडौँ– सरकारले अघि सारेको पेट्रोलमा इनाथोल मिसाएर बिक्री गर्ने योजना अघि बढ्न सकेको छैन । पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न यो योजना अघि सारिएको थियो ।

यससँगै निगमको नियम २२ को उपनियम १४ ले दिएको अधिकार प्रयोग गरी पेट्रोलमा इथानोल मिश्रण गर्ने नियमावली २०८१ जारी गरेको छ ।

तर पेट्रोलमा इथानोल मिश्रण गर्नका लागि कानुन बन्न नसकेको नेपाल आयल निगमले बताएको छ । नेपाल आयल निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले कार्यविधि बन्ने प्रक्रियामा रहेको बताए ।

‘इथानोल मिश्रण गर्ने कानुन बन्ने प्रक्रियामा छ । तर अहिले के–कति बन्यो यस विषयमा जानकारी छैन । कहिले बन्छ भन्ने विषयमा पनि अनभिज्ञ छौँ,’ प्रवक्ता रिजालले भने ।

गत भदौ ९ गते यस विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले २०६० सालमा इथानोल मिश्रण गर्ने व्यवस्था आइसकेको भए पनि लागू हुन नसकेको विषयप्रति प्रश्न उठाएका थिए ।

कार्तिक अन्तिम सातासम्म इथानोल मिश्रण गर्ने कार्यविधि नै बन्न नसकेको निगमले जनाएको छ । उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा कार्यविधि बन्ने प्रक्रियामा रहेको समितिका सभापति अब्दुल खानले बताए । तर पछिल्लो समय यस विषयमा जानकारी नभएको उनले बताए ।
प्रश्नको जवाफ दिँदै तत्कालीन उद्योग वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीले विभिन्न राजनीतिक परिवर्तनका कारण तत्काल लागू हुन नसकेको बताएका थिए । यस्तै उनले २०८१ असोज भित्रमा इथानोल मिश्रणको कार्यविधि बनाउने लागू गर्ने बताएका थिए ।

तर कार्तिक अन्तिम सातासम्म इथानोल मिश्रण गर्ने कार्यविधि नै बन्न नसकेको निगमले जनाएको छ । उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा कार्यविधि बन्ने प्रक्रियामा रहेको समितिका सभापति अब्दुल खानले बताए । तर पछिल्लो समय यस विषयमा जानकारी नभएको उनले बताए ।

अब यो विषय अघि बढ्ने नबढ्नेबारे टुङ्गो लाग्न नसकेको सभापति खानको भनाइ छ । ‘हामीले दुईपटक निर्देशन दिइसकेका छौँ । इथानोल मिसाउने कार्यविधि बन्छ कि बनदैन, टुङ्गो छैन,’ खानले भने ।

यता निगमले कार्यविधि बनेपछि इथानोल मिसाउने तयारी गरेको छ । सरकारले यो विषय दुई दशक अघि नै अगाडि सारेको थियो । २०६० साल मंसिर ९ गते पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था राजपत्रमा प्रकाशित गरेको थियो । तर यो व्यवस्था लागू हुन सकिरहेको छैन ।

कति मिसाउन सकिन्छ इथानोल

अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थमा १० देखि २० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सक्ने व्यवस्था छ । भारतले अहिले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्यलाई कार्यान्वयन गरिरहेको छ । अन्तर्राष्ट्रिय मापदण्डमा सोभन्दा माथि समेत इथानोल मिसाउन सकिने देखिएको छ । ब्राजिलमा इथानोलबाटै सवारीसाधन चलाउने गरिन्छ । त्यहाँ पेट्रोलमा पनि २५ प्रतिशतसम्म इथानोल मिसाइएको पाइन्छ ।

नेपालमा १० प्रशितसम्म इथानोल मिश्रण गरिने निगमले बताएको छ ।

यस्तै नेपालमा १० प्रतिशत मात्रै इथानोल मिश्रण गर्दा पेट्रोलियम पदार्थ आयात गर्दा लाग्ने खर्चमा करिब २० प्रतिशत बचत हुने निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको भनाइ छ ।

पेट्रोलियम पदार्थमा मिसाउन ९९.५ प्रतिशत शुद्धता भएको इथानोल आवश्यक पर्दछ । त्यसकारण चिनी उद्योगीले उत्पादन गरेको इथानोल मिसाउनका लागि प्रशोधन गर्नुपर्ने हुन्छ । इथानोल प्रशोधनका लागि आवश्यक उपकरण खरिद गरिनु पर्ने र त्यसका ३ अर्ब रकम छुट्टाउनुपर्ने देखिएको छ ।
यस्तै भट्टले इथानोल उत्पादनका लागि चिनी उद्योगीसँग छलफल गरिसकेको बताएका छन् । उनका अनुसार उद्योगीले अहिले ९६ प्रतिशत शुद्धता भएको इथानोल उत्पादन गर्दै आएका छन् ।

पेट्रोलियम पदार्थमा मिसाउन ९९.५ प्रतिशत शुद्धता भएको इथानोल आवश्यक पर्दछ । त्यसकारण चिनी उद्योगीले उत्पादन गरेको इथानोल मिसाउनका लागि प्रशोधन गर्नुपर्ने हुन्छ । इथानोल प्रशोधनका लागि आवश्यक उपकरण खरिद गरिनु पर्ने र त्यसका ३ अर्ब रकम छुट्टाउनुपर्ने देखिएको छ ।

यसैगरी अहिलेसम्म उद्योगीले दैनिक ५० हजार लिटर इथानोल दिने बताएका छन् । तर १० प्रतिशत मिश्रणका लागि डेढ लाख लिटरले पनि नधान्ने देखिएको छ । तत्कालका लागि १ देखि २ प्रतिशतसम्म मिसाएर परीक्षण गरिने भट्टले बताए ।

निगम तयारी अवस्थामा

पेट्रोलियम पदार्थमा इथानोल मिसाउन निगम तयारी अवस्थामा रहेको कार्यकारी निर्देशक भट्ट बताउँछन् । तर कार्यविधि नबन्दा इथानोल मिसाउने प्रक्रिया अघि बढेको छैन ।

२०७१ सालमा नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने मेसिन जडान गरेको थियो । तत्कालीन समयमा पेट्रोलको बढ्दो भाउ नियन्त्रण गर्न भन्दै इथानोल मिश्रणको तयारी गरिएको थियो । तर, प्रयोगमा ल्याइएको थिएन ।
उनका अनुसार अमलेखगञ्जमा पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि ६ वटा ट्याङ्की तयारी अवस्थामा छन् । ती सबै ट्याङ्कीमा पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नु पर्दैन । खाली रहेका ट्याङ्कीमा हालेर इथानोल मिसाउन सकिन्छ ।

२०७१ सालमा नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने मेसिन जडान गरेको थियो । तत्कालीन समयमा पेट्रोलको बढ्दो भाउ नियन्त्रण गर्न भन्दै इथानोल मिश्रणको तयारी गरिएको थियो । तर, प्रयोगमा ल्याइएको थिएन ।

के हो इथानोल ?

इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । जसलाई स्प्रिट पनि भनिन्छ । अथवा, यो अल्कोहल हो । नेपाल आयल निगमका अनुसार भारतमा मकै र गहुँबाट समेत इथानोल उत्पादन हुने गरेको छ ।

उखुको मोलासेस (खुदो) बाट इथानोल उत्पादन सम्भव हुने र यो नेपालमै उत्पादन हुने भएकाले पनि नेपालमा इथानोल मिसाउन सम्भव देखिएको छ । इथानोल मिसाउन सके पेट्रोलियम पदार्थ आयात कम हुने निगमको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार