• होमपेज
  • समाचार
  • देशका अधिकांश भूभागको मौसम सफा रहने

देशका अधिकांश भूभागको मौसम सफा रहने

  • बुधबार, कार्तिक २८, २०८१
देशका अधिकांश भूभागको मौसम सफा रहने

बाजुरा– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आज सूर्योदय बिहान ६ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार